अहिलेको रेल, फरिया उचालेर स्तन ढाकेजस्तै हो !

प्रधानमन्त्री ओलीको सपना, उनको योजना रेल यथावत विपना भइदियो-रेल आयो ! सामाजिक संजाल आज भोलि यति छिटो छ कि बहस, पैरवि, फैसला बनेर कुनै पनि विषय घडिको सुई चले जस्तै सेकेण्डमै आइहाल्छ । नेपालको कुना मात्र होइन विश्वको हरेक कुनामा पुगेका नेपालीलाई यो हप्ता जनकपुर-जयनगर रेलको विषयले छोयो । सपनामय रेल साँच्चै विपनामा आउँदा दसैको बेलामा नयाँ लुगा लगाउन पाएको बालकको जस्तो कुतकुति भएको देखियो । राणा कालमै राजधानी काठमाण्डूमा रेल कुदेको नेपालका लागि गणतान्त्रिक युगमा रेल नौलो हुनु नपर्ने हो । भैदियो ।

रेल नचढेपनि रेलको खास व्याख्या गर्न सक्ने भैसकेका छौं हामी । राजनीतिको मुख्य नारा रेल भएको जो छ । विश्वमा रेलसेवाले कस्तो फड्को मार्यो सोको स्मरण समेत गर्दा नेपालको रेलसेवामा भएको झेल प्रष्ट छ । रेल आयो यो सरकारले गर्यो है आहा ! भनि कि रमायो यात विरोध जनायो । देशमा बिकाश हुनु, रेल आउनु, पानीजहाज चल्नु एकदम राम्रो कुरा हो ! यसको लागि डटेर काम गरे सरकारलाई सबैले समर्थन र प्रसंसा गर्नै पर्छ ! तर यहाँ रेल राजनीति भैरहेको प्रष्ट छ ।

प्रधानमन्त्री केपी ओली र नेकपाले चुनावमा वाचा गरेको रेल यो होईन । पूर्व-पश्चिम र उत्तर-दक्षिण जोडने रेल यो होइन । यो त सन् १९२७ देखि संचालनमा रहेको जयनगर जनकपुर रेलवेको लिक मर्मत गरिएको हो । र, ११ वर्षअघि भारतसँग भएको समझौता अनुसार भारतबाट पुरानो रेललाई रंगीन बनाएर ल्याइएको हो । यहि रेल देखाएर देख्यौ नि भनेर सरकारी पक्ष हौशिनु उदेक लाग्दो छ । ऊ बेला राणाहरुले बनाएको सानो रेलमार्ग मर्मत गरेर मात्र भएन नी, होइन र ?

प्रधानमन्त्री ओलीको उत्तर-दक्षिण रेल, केरुङ-काठमाडौ, काठमाडौ-पोखरा, पोखरा बाट बेनि, बेनि जाँदा कुस्मा हुँदै जाने र कुस्मामा स्टेशनवाला रेल हो ! २१औ सताब्दीमा रेल १०० वर्ष पहिले चलिसकेको ठाउँमा आउँदा यत्रो जात्रा ? रेल नयाँ मोडालिटि र समय सुहाउँदो पनि होइन । साना साना कुरालाई ठूलै उपलब्धि देखाएर भ्रम पार्ने कुरा यो सरकारका लागि सुहाउँने विषय होइन ।

एकपल्ट इतिहासलाई पनि हेरौं

इ.पू. ६०० मा ग्रीसमा रेलमार्गको अवधारणामा रेलवे सञ्चालनमा आयो । साढे आठ किलोमिटर लामो यो रेलवे लगभग ६५० वर्षसम्म सञ्चालनमा रह्यो । बेलायतमा सर्वप्रथम सन् १५९४ मा पहिलो घोडाले तान्ने रेलमार्ग तयार गरिएको थियो । सन् १७२२ मा कोइला ढुवानीका लागि काठको डब्बासहितको रेल प्रयोगमा ल्याईयो । र १७५८ मा बेलायती संसदद्वारा रेल ऐन पारित भयो । यसपछि रेलका क्षेत्रमा वेलायतले तिव्र प्रगति गर्यो र अत्याधुनिक र तीव्र गतिको रेल सेवा विस्तार हुँदै गयो ।

सन् १७६३ मा जेम्स वाटद्वारा वाष्प इन्जिनको विकासपछि आधुनिक रेलको विकास भएको हो । सन् १८४६ देखि ५० को दशकमा हङ्गेरी, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्ड आदि मुलुकमा रेलसेवा प्रारम्भ भएको पाईन्छ । सन् १८५७ देखि बेलायतले पहिलो पटक स्टिल रेल सञ्चालनमा ल्याएको हो । सन् १८६३ मा लण्डनमा संसारकै पहिलो भूमिगत रेलसेवा शुरु भएको पाईएको छ । सन् १८७९ मा जर्मनीले पहिलो यात्रुवाहक विद्युतीय रेल सञ्चालनमा ल्यायो भने सन् १९१३ मा अमेरिकाको न्यूयोर्कमा पहिलो पटक विद्युतीय रेल प्रयोगमा आएको हो ।

सन् २००४ मा विश्वकै सबैभन्दा तीव्र गतिमा कुद्ने रेल चीनमा सञ्चालन भयो । यो रेल ४ सय ३० किलोमिटर प्रति घण्टा कुद्थ्यो ।

यसरी विश्वमा रेलको विकास हुँदै गएको पाईन्छ । हाल सबैभन्दा बढी रेल नेटवर्क भएको मुलुक अमेरिका हो । त्यसपछि चीन र भारत रेल नेटवर्कमा अन्य देशभन्दा अघि छन् ।

यसै अवधारणबाट विश्वमा द्रुत गतिको रेल सबैभन्दा पहिला जापानले कुदायो । अनि जापानी प्रविधिलाई समेत पछि पार्ने गरी चिनले द्रूत गतिको रेलसेवा सञ्चालन गर्यो । चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा चीनको राजधानी बेइजिङ्देखि सांघाई रुटमा सञ्चालनमा छ । द्रुत गतिको रेल कुदाउने दौडमा चीनले बाँकी विश्वलाई पराजित गरिसकेको छ ।

२२ हजार किलोमिटर लामो रेल सञ्जालभित्र द्रु गतिमा कुद्ने रेलले संसारलाई आकर्षित गरिरहेको छ । यसै कारण विश्वका कैयौं देशले चिनियाँ रेल्वे प्रविधिलाई भित्र्याई रहेका छन् । चिनमा एक सहरदेखि अर्को सहरसम्म पुग्नको लागि पनि रेलमार्ग नै प्रयोग हुने गर्छ ।