शनिबार एकैदिन बाँकेका ४३ जनामा कोरोना पुष्टि

शनिबार बाँकेमा ४३ जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र वागेश्वरी डाईग्नोस्टिक सेन्टरको ल्यावमा बिभिन्न चरणमा गरिएका परिक्षणमा ४३ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

४८ घण्टापछि भेरीको रिपोर्ट सार्वजनिक, १५ जनामा संक्रमण पुष्टि

श्रेष्ठका अनुसार नेपालगन्जको भेरी अस्पतालमा बिहान र बेलुका दुई चराणमा गरीएको परिक्षणमा ३३ जना, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा ८ जना र वागेश्वरी डाईग्नोष्टिक सेन्टर कोहलपुरमा गरीएको परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ थपिएका संक्रमितहरुमा अधिकाशं नेपालगन्जका रहेका छन भने बाँकेको कोहलपुर र डुडवा क्षेत्रमा समेत संक्रमण देखिएको छ ।

मेडिकल कलेज र भेरीमा २३ संक्रमित थपिए

शनिबार ४३ जना संक्रमित थपिएसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १५९० पुगेको स्वास्थ्य फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यसैबिच शनिबार बाँकेमै गरीएको परिक्षणमा बर्दिया, दाङ र अन्य जिल्लाका १३ जनामा समेत संक्रमण देखिएको छ । जसमध्ये बर्दिया जिल्लाका अधिकांशहरु रहेका छन् ।