एक सय १३ प्राविधिकलाई महानायकको सहयोग

महानायक राजेश हमालले लकडाउनका कारण समस्यामा परेका १ सय १३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् ।

चलचित्र प्राविधिक संघद्धारा काठमाण्डौमा आयोजित एक कार्यक्रममा नायक हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

नायक हमालले ५ लाख ६५ हजार रुपैयाँ प्राविधिकहरुका लागि सहयोग गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नायक राजेश हमालले प्राविधिकहरु आफ्ना लागि सधै नै उच्च स्थानमा रहेको बताए । उनले, यो रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे । उनले, भोली समस्या बढ्दै गएको अवस्थामा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।