काँग्रेस परित्याग गरी दर्जन बढि युवा नेकपामा प्रवेश

नेपाली काँग्रेस पार्टी परित्याग गरी कोहलपुरका एक दर्जन युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन । शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जनार्दन थारुको नेतृत्वमा दर्जन बढि युवाहरु नेकपामा प्रवेश गरेको नेकपा कोहलपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष तिलक कार्कीले जानकारी दिए ।

नव प्रवेशीहरुलाई नेकपा बाँकेका सह-ईन्चार्ज तथा संघिय साँसद महेश्वर गहतराज अथकले पार्टी प्रवेश गराएका हुन । नेकपा प्रदेश, जिल्ला तथा नगरका पदाधिकारीहरुको उपस्थितीका बिच एक दर्जन बढि युवाहरुलाई नेकपामा प्रवेश गराईएको थियो । नव प्रवेशी युवाहरुले पार्टीको निति र सिद्धान्तअनुसार पार्टीका गतिविधिहरुमा सक्रिय सहभागीता जनाउँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन ।