बाहुन र बाहुनवाद !

कुनै धर्म नमान्नु पनि एउटा धर्म हो । नित्सेले ईश्वर मर्‍यो भने पनि आस्था अझै मरेको छैन । उसो त जमाना विरोधको छ । पेशा आग्रह र पुर्वाग्रहको छ । सचेत र विद्वानहरु संस्कार र संस्कृतिको बिरोधमा अभिव्यक्ति दिँदा कतै अर्को पक्षलाई चोट पर्ला कि भनेर नसोच्नेहरुको कथित विद्वतालाई स्वीकार गर्न हम्मे हम्मे पर्ने रहेछ । आफ्ना पितृहरुको स्मृतिमा गरिने श्राद्दकर्म कसैको करकापमा गरिदैन । संस्कार नै सहि जन्मदिने आमा बाबुको श्राद्द गर्नु सम्झनु उनिहरुको नाममा दान दिनेले दुखी गरिब र बेसाहारालाई दान दिँदैन भनेर कसरी सोच्न सकिन्छ । दान दिएको विज्ञापन गर्नैपर्छ भन्ने कहिँ लेखिएको छ र ?

अधिक प्रगतीशिल देखिने निउमा अरुको आस्था माथी आरा चलाउनु कति उपयुक्त हो । बाहुन भएर जन्मनु अपराध होइन । एउटा बाहुनले सबै बर्ग र जातको सम्मान गर्दै छ भने पनि उसको जवरजस्ती टुपि काटिनु र जनै चुटाल्नु कहाँको न्याय हुन सक्छ । टपरेको उपमा नै सही कम्तिमा टपरे बाहुनको घरमा अन्न कुहाएर जाँड रक्सी बनाईदैन । छुचो लोभी कपटी कुसंस्कारी जस्ता जति नै आरोप लगाए पनि सुद्दता, आत्म र शरिरको भिन्नता, प्रेम, माया, सहानुभूति, दया जस्ता नैतिकता हिन्दु धर्मका आदर्श हुन् । जुन कुरा सबै धर्मले अवलम्बन गरेको छ । असलमा बाहुनहरुको आदर्श मध्यपान बिमुख हुनु, हत्या हिंसा बिमुख हुनु हो । अन्याय अत्याचार बिरुद्ध हिंसा होइन शान्त सम्बादबाट समाधान खोज्नु बाहुनवाद हो । यहाँ धर्मको नाममा बिरोध या आँखा चिम्लेर समर्थन जुटाउनु यो आलेखको उद्देश्य होइन ।

आजको युग आफैमा सचेत युग हो । आज एउटा शिक्षक भन्दा विध्यार्थीले बढी जानकारी हासिल गर्नु नौलो कुरा होइन । तर जानकारी मात्रै ज्ञान होइन । असलमा ज्ञानी मान्छेले कुनै व्यक्ति वा सम्प्रदायको चित्त दुख्ने काम गर्दैन । ऊ समग्र मानविय सोच राख्छ । समग्र मानवताको लागि बोल्छ लेख्छ । एउटा ब्यक्ती या समुदायको विरोधमा कलम चलाउनु कतिसम्मको ज्ञान हुन सक्छ । कुनै एउटा उदाहरणमा समग्र जात मुछ्नु कत्तिको बैधानिक हो । मेरो कुरा जसरी पनि ठिक भनेर कुराको रास लाए पनि बुझ्नेले बुझेको हुँदैन र ?

मानौ नेपाल बाहुनले खाए ! सके ! के खाने र सक्ने बाहुन मात्र छन् ? पङ्तिकारलाई बाहुनको कोख र काखमा जन्म हुनुमा कुनै अपराध बोध छैन । कम्तिमा अझैसम्म एउटा पनि हिंसा गर्नु नपरेकोमा गर्वानुभुती छ बरु । एउटा थरले नामको पछि झुन्डिने ‘सरनेम’ ले उसलाई कुनै फरक पारेन, मित्रता होस या आत्मियता । बिहेका लागि अर्को जात खोजेर हिड्नु परेन आफ्नै जातको सँग बिहे भयो त क्रान्तिकारिता झल्काउन के गर्न सकिन्छ ? छोरोले बुहारी ल्याउँदा र छोरिको लागि ज्वाईं खोजिदा अन्तरजातीय खोज्नै पर्छ भिडाउनै पर्छ भन्ने कुनै जवरजस्ती हुँदैन । बरु आर्थीक र जातिगत विभेद नहेरी आत्मिय प्रेम फैलिएको देख्न चाहन्छ । तल्लो उपल्लो जातको कुराले नै बिभाजन ल्याएको छ समाजमा ।

सरकारी पाठ्यक्रम अनुसार कक्षा चारको नेपालीमा एउटा पाठ छ, साथिलाई चिठी । म मेरो विध्यालयलमा जातको विभेद गर्दिन । न आफू गर्छु न अरुलाई नै गर्न दिन्छु । अचानक विद्यार्थिले सोधे, ‘सर यो दलित भनेको के हो ?’ चित्तबुझ्दो जवाफ दिन मैले पनि बाहुनबादलाई नै दोष दिएँ । म साँच्चिकै घोत्लिएँ त्यसपछि ।

कुरा बीस वर्ष अघिको हो । मन्दिर भत्किनु, पुजारी कुटिनु, यज्ञहरुको बिरोध गर्नु जस्ता समाचारको लेखाजोखा थिएन । मान्छेको लासकै बढी गन्ती हुन्थ्यो । खोलो बगेकै छ परिवर्तनको गति समातेर । कुनै भूगोलले कतै नदिलाई सलल बग्न दिएको छ । कुनै भूगोलले ताल या कुवा बनाइदिएको छ । समय चक्रमा मानवियताले नै जितेको छ । हत्या हिंसा र बिरोध आगो न हो । खरानी पारे पछि आफू पनि सकिन्छ । वर्षातले खरानी पखाल्दा फेरि प्रकृतिले आफ्नो निरन्तरता शुरु गर्छ हरियाली र शान्ती दिन ।

हामीले क्रान्तिका ज्वाला धेरै ताप्यौं । बिज्ञानको मात्रै भर र विश्वास मान्न सक्छौ रु बिज्ञान भन्छ प्रोटिन हाम्रो शरिरको लागि अत्यावश्यक तत्व हो र स्वस्थ मासुमा यो प्रसस्त पाइन्छ । हामी एउटा स्वस्थ मान्छेको अचानक दुर्घटना हुँदा ऊ प्रती सहानुभूति राख्छौं र अन्तिम दाहसंस्कार गर्छौ उसले मानेको संस्कार अनुसार, न कि बिज्ञान सम्मत मासुको खाध्य उपयोग ।

मान्छेले कुनै न कुनै संस्कार र संस्कृति मान्छ नै । किन कि उसको दिनचर्या खाली मेसिन झैँ काममा जोतिएर चल्न सक्दैन । उसलाई मनोरञ्जन, आत्म शान्ति र सन्तुष्टि अवस्य चाहिन्छ । मनोरञ्जन र सन्तुष्टि कसले के मा लिने ? प्रश्न यहाँनेर हो । भजन गाएर नाचेर लिने पनि छन् । डिस्कोमा मध्यपान सहित झुमेर आनन्द लिने पनि छन् । संगितमा रम्ने पनि छन्, काव्यमा भुल्ने पनि छन् । एकलाई अर्कोको बानी र जीवनलय नसुहाउँदो लाग्न सक्छ । यसैमा बिरोध गर्नु ? जातमाथि खनिनु रु संस्कार र संस्कृतिमाथि खनिनु ?

बाहुनको छोरोले टपरा सोहेरेर जम्मा पारेको दाल चामल कुन चाहिँ सुपर मार्केटमा बिकेको छ ? कुन चाहिँ भिकारी माग्ने र गरिव महलको दुइमान्छे अग्लो गेट खोलेर ‘हजुर केही पाउँ !’ भनेको छ ?

आर्थिक असमानताले दिनहुँ जरजर हुँदै गएको हामी नेपालका केही भुइफुट्टा मान्छेहरु थोरै अक्षर ओकल्न जान्यौ भन्दैमा अरुको शरीरभरी दुर्गन्ध आउने गरि न ओकलौं । कुन कुरा तर्क संगत छन् भन्ने कुरा वेद पढ्ने बाहुनले पनि बुझेको हुन्छ यत्ती फरक हो कि तल्लो स्तरमा गालीको गल्लिमा हिड्न मात्रै सक्दैन ।

प्रेम र आसक्ति !

 

विष्णु पादुका
कोहलपुर-४, बाँके ।