हरिप्रसाद त्रिपाठीका हाइकुहरु

१)

कोरोना केहो ?
अहो ! बनाए बाघ
रुवा र खोकी ।

२)

डाडु आफैमा
कति भर्छौ भकारी
पँदो तयारी ।

३)

सुक्ष्म टाउको
संसारको छ, ज्ञान
विश्व दर्शन ।

४)

दोमन पशु
एकमन मानिस
दुबैमा हित ।

५)

आयुर्बेदिक
बनस्पतिको काम
रोग निधान ।

६)

हिमाल आँसु
अहो ! प्रवाह नदी
उच्चसागर ।

७)

गयो भूकम्प
धरतीरुपी वृक्ष
निरीह जरा ।

८)

नभ गर्जियो
तर्सिएर बादल
पानीको बृष्टि ।

९)

कार्य छ, एक
सानो अनि ठुलाको
भिन्न विवेक ।

१०)

पिएर दूध
सर्पवनाई विष
मानिस इख ।

कविता : हामी र हाम्रो भूमि

हरिप्रसाद त्रिपाठी
बाँसगढी, बर्दिया