६० वर्षिय महिलासहित ६० जना डिस्चार्ज हुँदै

शुक्रबार बाँकेबाट ६० वर्षिय महिलासहित ६० जना कोरोना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रबार डिस्चार्ज हुनेहरुमा जिल्लाका विभिन्न स्थानका १९ महिला र ४१ पुरुष गरी ६० जना रहेका छन । श्रेष्ठका अनुसार उनिहरुलाई भदौ १८ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ९२ पुगेको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ३ जना समेत गरी ३ सय ३८ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ४६ रहेको छ भने भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।