बाँकेका १० सहित थप १२ जनामा कोरोना पुष्टि

बिहिवार बिहान बाँकेका १० सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ९ र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा १ गरी बाँकेका थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।

श्रेष्ठका अनुसार संक्रमित सबै नेपालगन्जका हुन । संक्रमित मध्ये केही आफै जाँच गर्न पुगेका हुन भने केही अस्पतालमा भर्ना भएका बिरामीहरु हुन ।

त्यसैगरी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा रुकुम र बर्दियाका एक/एक जनामा कोरोना संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए ।

आज थपिएका १० जना सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ४६ पुगेको छ । जसमध्ये, ८ जनाको ज्यान गइसकेको छ भने आज डिस्चार्ज हुने ४४ समेत गरी कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ३२ पुगेको छ । जिल्लामा ४ सय ६ जना सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।