डिजेल र मट्टीतेलमा १ रुपैयाँ भाउ घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले बुधवार राति १२ बजेबाट लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । नयाँ मुल्य अनुसार डिजेल मट्टितेल प्रतिलिटर ९० रुपियाँ भएको छ । पेट्रोल, हवाई इन्धन र एल।पी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट भदौ ३१ गते प्राप्त खरिद मूल्य अनुसार पेटोलियम पदार्थको मूल्य केही घटेर आएकाले निगमले मूल्य समायोजन गरेको प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच सञ्चालन हुदै आएको स्वचालित मूल्य सूची प्रणाली अनुसार हरेक १५र१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ । गोरखापत्रबाट