बुधबार बाँकेका २४ जनामा कोरोना संक्रमण

बुधबार बाँकेका विभिन्न स्थानका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

अबदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा पनि कोरोना परिक्षण शुरु भएको श्रेष्ठले जानकारी दिए ।

आज थपिएका २४ सहित जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ३६ पुगेको छ । जसमध्ये, ८ जनाको मृत्यु भइसकेको छ भने १ हजार ८८ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी, ४ सय ४० जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।