बाँकेमा शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइयो

केही हप्तादेखि बाँके जिल्लामा लगाइँदै आएको शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइएको छ ।

केही हप्ता अघि देखि जिल्लामा लगाइँदै आएको शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिए । स्वास्थ्य मापदण्डका पूरा विधि अपनाउन समेत उनले सबैलाई आग्रह गरे ।

बाँके जिल्लामा कोरोना संक्रमणको दरमा वृद्धि भएसङ्गै जिल्ला प्रशासनले बाँकेमा शुक्रबार र शनिबार गरी हप्ताको दुई दिनसम्म निषेधाज्ञा लगाउँदै आएको थियो ।