बाणिज्य संघबाटै प्यान अनलाइन फाराम भर्ने र करचुक्ता सेवा

नेपालगन्ज उद्योग बाणिज्य संघले आफ्ना करदाता सदस्यहरुको सुबिधाका लागि आफ्नै भवनबाट प्यानको लागि अनलाइन फाराम भर्ने र करचुक्ता प्रमाणपत्र प्रदान गर्ने भएको छ ।

संघले आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको समन्वयमा व्यवसायिक कर सेवा तथा परामर्श केन्द्र संघको भवनमा मंगलबारबाट सन्चालनमा ल्याएपछि उक्त सुबिधा प्रदान गर्ने भएको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उक्त सेवा केन्द्रको मंगलवार रिवन काटेर उद्घाटन गरे । उनले सेवा केन्द्रबाट नयाँ व्यवसायी एवं करदाताहरुका लागि बार्षिक बिस लाखसम्म ब्याबसायी कारोबार गर्ने (डे वान फारम भर्ने) कर चुक्ता प्रमाण पत्र , प्यान नम्बर लिनको लागि अनलाइन फारम भर्ने जस्ता सुबिधा प्रदान गरिने बताए ।                                                 

कोरोना महामारीको समयमा आफ्ना सदस्यहरु प्यान अनलाइन फाराम भर्न र करचुक्ताका लागि भिडभाड हुने कार्यालय आन्तरिक राजस्वमा जाँदा कोरोना संक्रमणको पनि जोखिम हुने देखिएको हुँदा त्यसलाई कम गर्न तथा छिटो छरितो सेवा प्रदान गर्नका लागि संघले यस्तो व्यबस्था गरेको स्पष्ट पारे ।

यसअघि यि सेवा लिनका लागि सेवाग्राहीलाई समस्या हुने भए पनि अब भने छिटो र छरितो हुने गरी काम हुने महासचिव चिरञ्जीवी ओलीले बताए । उक्त सेवा सन्चालनका लागि संघले कर्मचारी खटाएको छ ।

पहिलो दिन सेवा लिन आएका सेवाग्राहीलाई संघले सम्मान एवं स्वागत गरेको छ । कोभिड महामारीका बेला सामाजिक दुरी समेत कायम गरी गरिने सेवाप्रवाहबाट व्यवसायीहरु खुसी हुने अपेक्षा गरिएको छ ।

करदाता सेवा केन्द्र उद्घाटन कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्त टंकबहादुर धामी लगायत कार्यसमिति सदस्य एंव कर्मचारीहरुको सहभागिता रहेको थियो ।