खजुरा गाउँपालिका प्रमुख कक्षपतिलाई कोरोना संक्रमण

बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिलार्य कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा अध्यक्ष कक्षपती सहित २१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा १० महिला र ११ पुरुष गरी थप २१ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका संक्रमितहरुमा बैजनाथ गाँउपालिकाका ८ जना, नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका ६ जना, खजुरा गाउपालिकाका ४ जना र कोहलपुर नगरपालिकाका ३ जना रहेका छन ।