गाउँसभाबारे गलत प्रचार गरिएको ऐरावती गाउँपालिकाका प्रवक्ताको प्रष्टोक्ती

प्युठानको ऐरावती गाउँपालिकाले भदौ २६ गते सम्पन्न विशेष गाँउसभाबारे अर्को पक्षद्वारा गलत प्रचार गरिएको भन्दै आपत्ती जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता दामु विकले शनिबार एक विज्ञप्ती जारी गर्दै बहुमत सदस्यको लिखित माग अनुसार विशेष गाँउसभा संचालन गरिएको दावी गरेका छन ।

गाउँकार्यपालिकामा निर्णय हुन नसकेका महत्वपूर्ण प्रस्तावहरुलाई देखाएर गाउँपालिकालाई नै अनिर्णयको बन्दी बनाउन षडयन्त्र भईरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बहुमतका आधारमा विशेष गाउँसभा सम्पन्न भईसकेको र सभाले गरेका निर्णयहरु छिट्टै सार्वजनिक गरिने उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, “विशेष गाँउसभाले गरेका निर्णयहरुले ऐरावती गाँउपालिकावासीको विकासमा प्रत्यक्ष सहयोग पुग्नेमा हामी आशावादी छौं । बैठक पुस्तिका गुण्डागर्दी शैलिमा कब्जा गरेको र कानुन विपरीत गाउँसभा गरेको आरोपको खण्डन गर्दै एक पटक स्थानिय सरकार संचालन ऐन अध्ययन गर्न आग्रह गर्दछौं ।”

यद्यपि, बिज्ञप्तिमा विशेष गाउँ सभा सम्पन्न भइसकेको र सभाले गरेका निर्णयहरु छिट्टै सार्वजनिक गरिने भनिएपनि कहिलेसम्म सभाले गरेका निर्णयहरु सार्वजनिक गरिन्छ भनेर खुलाइएको छैन ।

‘गाउँपालिका अध्यक्ष शाहद्वारा गुन्डागर्दी सैलीमा माइन्युट बुक लुटियो’ : उपाध्यक्ष बस्नेत