नेसनल स्कुल अफ ड्रामाको अध्यक्षमा परेश रावल नियुक्त

बलिउड अभिनेता परेश रावल नेसनल स्कुल अफ ड्रामाको अध्यक्षमा नियुक्त भएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले गुजरातबाट बीजेपीका पूर्व लोकसभा सांसद रावललाई एनएसडीको अध्यक्षमा नियुक्त गरेका हुन्। उनको नियुक्ति ४ वर्षका लागि भएको हो । यो पद २०१७ देखि खाली थियो ।

नेशनल स्कुल अफ ड्रामाको आधिकारिक ट्विटर ह्याण्डलबाट पनि नयाँ अध्यक्षलाई बधाई तथा स्वागत गरिएको छ ।

६५ वर्षीय परेश सिनेमा र थियटरमा उतिकै सक्रिय कलाकार हुन् । रावलले एनएसडीकोमा आफ्नो नियुक्तलाई चुनौतीपूर्ण जिम्मेवारी भन्दै अनुभवले राम्रो काम गर्ने प्रतिबद्धता जनाएका छन् ।