कोहलपुरका रमेश खनाल, टिकटकका सेलिब्रेटी

बाँकेको कोहलपुरका एक युवा रातारात सेलिब्रेटी भएका छन । चिनिया एप्स टिकटकमा नृत्य कला देखाउँदै आएका कोहलपुर न्युरोडका युवा ब्यवसायी रमेश खनाललाई यतिबेला फोन उठाउन भ्याई नभ्याई छ । टिकटकमा एकाएक भाईलर भएपछि उनलाई फोन गर्नेको सँख्या ह्वात्तै बढेको छ ।

कोहलपुर न्युरोड पेरीफेरीमै नाचेर भिडियो बनाउादै आएका खनाल यतिबेला भने काठमाण्डौंमा छन । म्युजिक भिडियोमा खेल्नकै लागि उनि काठमाण्डौं पुगेका छन । टिकटकमा देखिदैं आएको उनको नृत्यकला अब भने म्युजिक भिडियोमा पनि हेर्न पाईने छ ।

टिकटकबाट सेलिब्रेटी बनेपनि रमेश भित्र रहेको नृत्यकला उहिलेदेखिकै हो । अहिले टिकटकले उजागर गर्न मात्र मद्दत गरेको हो । खनाल भन्छन्, ‘म भित्र लुकेको नृत्यलाई उजागर गर्न टिकटक सहि सावित भयो ।’ उमेरले २३ वर्ष पुगेका खनालको नृत्य हेरेर मोहित नहुने कमै छन् । टिकटकमा ३ लाख ७ हजार लाईक बटुलेका खनाललाई १ लाख बढि फ्लो गरेका छन ।

काठमाण्डौं पढ्दा सानो उमेरमै दुई महिना नृत्य कक्षा लिए खनालले सुरुमा रमाईलोको लागि टिकटकमा भिडियो बनाएपछि टिकटकले भने उनलाई सेलिब्रेटी नै सावित गर्यो । टिकटककै कारण म्यूजिक भिडियोमा खेल्न अफर आएपछि उनि अहिले सेलिब्रेटी बन्न पुगेका छन । उनको आगामी मोडलिङ यात्रा सफलतातर्फ मोडिओस, हाम्रो शुभकामना ।