समय अनि म !

सधैँ एकनासले
एकटकले हिडिदिन्छ
आफ्नै रफ्तारमा
न कसैको रोकटोक
न कसैको दबाब
बस् ! उ त हिडिदिन्छ
हरेक पल
आफ्नै नियममा
ग्रहको चाल सरी
सूर्यका किरण सँगै
कर्तव्य निष्ठ भै
तर म !
म त
यही समयलाई अगाल्ने सुरमा
हरेक दिन
परिवर्तित भै रहेछु
आफ्नो उचाइमा
आफ्नो मोटाइमा
आफ्नो भावनामा
यति मात्र कहाँ हो र !
आफ्ना हरेक भुमिकामा
हरेक जिम्मेवारीमा
बस ! उसलाई पछ्याउने तालमा
पाइलामा पाइला चाल्दै
उ एकनास देखिन्छ
म उसँगै परिर्तित ।।

सीता शर्माका केही साईनोहरू