कविता : हामी र हाम्रो भूमि

आउन आऊ नेपाली जाग
बैरिले मिच्यो हाम्रो भूभाग ।

निदायौं जति लान्छ तमाम
पुर्खाका हौँ क्या, वीर सन्तान ।

नेपाली हामी चर्चित नाम
बिरासत हो, रक्षार्थ काम ।

भएर के ? भो आज अजान
छोडि नबसौँ मुलुक धाम ।

विशाल थियो ग्रेट नेपाल
गयो कहाँ छ ? आज वेहाल ।

खोजी गरौँ जहाँ छ, जमाऊ
ठहर्छ आफ्नो लडेर ल्याऊँ ।

अनि त बल्ल पूर्खा सकाम
आधुनिक नेपाल भो, जान ।

हरिप्रसाद त्रिपाठीका हाइकुहरु

हरिप्रसाद त्रिपाठी
बाँसगढी बर्दिया