आईपीएल नखेल्ने मालिङ्गाको घोषणा

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक विकेट लिने श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिङ्गाले यस पटकको आइपीएल नखेल्ने भएका छन् ।

उनले व्यक्तिगत कारण देखाएर आईपीएलबाट पछि हटेको बताइएको छ । उनी मुम्बई इन्डियन्ससँग आवद्ध थिए ।

मालिङ्गाले नखेल्ने भएपछि उनको स्थानमा अष्ट्रेलियाका तीब्र गतिका बलर जेम्स पेटिन्सनलाई लिइएको मुम्बई इन्डियन्स जनाएको छ । उनीले हालसम्म आइपीएल खेलेका छैनन् ।

मुम्बई इन्डियन्सका मालिक आकाश अम्वानीले मालिङ्गाको अभाव खड्किने बताएका छन् । मालिङ्गाले आइपीएलमा हालसम्म १२२ खेलमा १७० विकेट लिएका छन् । उनले सन् २०११ को सिजनमा २८ विकेट लिएका थिए ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको आईपीएल आगामी सेप्टेम्बर १९ बाट युएईमा सुरु हुँदैछ ।