राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।

आर्यघाटमा राष्ट्रकविको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । घिमिरेको मंगलबार साँझ आफ्नै निवास कपुरधारामा मृत्यु भएको थियो ।