अबैध पानको पात र सुर्ति बरामद

बाँके प्रहरीले भारतबाट अबैध रुपमा ल्याउँदै गरेको पान र सुर्ती बरामद गरेको जनाएको छ । आ बिहान ९ बजेको समयमा नरैनापुरको लक्ष्मणपुरमा चेकजाँज गर्ने क्रममा ईलाका प्रहरी कार्यालय लक्ष्मणपुरको टोलीले १ बोरा पानको पात र सुपर पावत सुर्ति ९२ पोका बरामद गरेको हो ।

सिमा नाका बन्द रहेको अवस्थामा समेत भन्सार छली ल्याउँदै गरेको पान र सुर्ती आवश्यक कारबाहीकालागि नेपालगंज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुबास खड्काले जानकारी दिए ।

प्रहरीले दिनहुँ जसो भारततर्फ जोडिएको नेपाली सिमा क्षेत्रबाट अबैध रुपमा ल्याउदै गरेका सामग्री बरामद गर्दै आएको खड्काले बताए ।