४८४ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४ सय ८४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

गत २४ घण्टामा कोरोना भाइरसबाट निको भएर ६४ जना डिस्चार्ज भएका छन् । यो सङ्गै कोरोनाबाट निको हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ भने ९१ जनाले ज्यान गुमाएका छन् ।