भेरीको परिक्षणमा बाँके र बर्दियाका १३ मा कोरोना पुष्टि

भेरी अस्पतालको परिक्षणमा बुधबार बाँके र बर्दियाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारको परिक्षणमा बाँके नेपालगन्ज २ का ४१ बर्षिया महिला, ४८ र ५४ बर्षिय दुई पुरुष, खजुरा ४ का २७ बर्षिय पुरुष, ६ का ३२ बर्षिय पुरुष, नेपालगन्ज १८ का ३५ बर्षिया महिला, कोहलपुर कौशिल्यानगरका ३६, ३७,३६ र ३५ बर्षिया चार पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, बर्दिया गुलरिया ४ का २९ बर्षिय पुरुष, ५ का २९ बर्षिय पुरुष र बढैयाताल ७ का ५३ बर्षिय पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।