सेनाका ४ सहित बाँकेमा थप १० जनामा कोरोना पुष्टि

नेपाली सेनाका ४ सहित बाँकेमा बुधबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा बुधबार गरिएको परिक्षणमा ४ सेनासहित बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

फोकल पर्सन श्रेष्ठका अनुसार, नेपालगन्ज २ का ४१ बर्षिया महिला, ४८ र ५४ बर्षिय दुई पुरुष, खजुरा ४ का २७ बर्षिय पुरुष, ६ का ३२ बर्षिय पुरुष, नेपालगन्ज १८ का ३५ बर्षिया महिला, कोहलपुर कौशिल्यानगरका ३६, ३७,३६ र ३५ बर्षिया चार पुरुषमा कोरोना पुष्टि भएको हो ।

कौशिल्यानगरका ४ पुरुष नेपाली सेनाका भएको श्रेष्ठले जानकारी दिए । ती ४ जना सेनाको पश्चिम पृतना शिक्षालय कौशिल्यानगर कोहलपुरमा कार्यरत जवान हुन ।

यो सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ सय ६७ जना पुगेको छ । जसमध्ये, ३ जनाको मृत्यु भइसकेको छ भने ४ सय ५ जना कोरोना मुक्त भइ घर गएका छन ।

विभिन्न आइसोलेसनमा २ सय ५९ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।