देशभरका ४५० प्रहरीमा कोरोना संक्रमण

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या देशभर ४ सय ५० जना पुगेको छ । प्रहरीमा काठमाडौंका १ सय ४० सहित देशभर ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रहरी प्रधान कार्यालयमा १ सय १२ र काठमाडौं उपत्यकामा २८ जना प्रहरी सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २४, प्रदेश २ मा ४२, बागमती प्रदेशमा १७, गण्डकीमा १९, प्रदेश ५ मा ४२ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् ।

कुल संक्रमितमध्ये हालसम्म १ सय ६५ जना प्रहरी डिस्चार्ज भएका छन् । अहिले नेपाल प्रहरीमा २ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय उपत्यकामा कार्यरत प्रहरी र ट्राफिक प्रहरीमा कोरोना संक्रमणको जोखिम बढी देखिएको छ ।