माण्डवी गाँउपालिकाको कार्यालय सिल

नोवेल कोरोना भाईरस (कोभिड-१९) को संक्रमण बढ्न थालेपछि प्युठानको माण्डवी गाँउपालिकाको कार्यालय अनिश्चितकालसम्मकालागि सिल गरिएको छ । गाँउपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाँउपालिका स्तरिय (CMC) बैठकले अनिश्चितकालसम्मकालागि गाँउपालिकाको कार्यालय सिल गर्ने निर्णय गरेको हो ।

गाँउपालिकाले कोरोना संक्रमणको जोखिमबाट बच्न आ-आफ्नो स्थानमा सुरक्षित बसी सभ्य नागरिकको भुमिका निर्वाह गर्न समेत गाँउपालिकावासीलाई आग्रह गरेको छ ।