नालि खन्दा भेटिएकाे चाँदिकाे मुर्ति हरायाे

नेपालगन्जमा ३ महिना पहिले नालि खन्ने क्रममा भेटिएकाे शिवकाे चाँदिकाे मुर्ति चाेरी भएकाे छ । स्थानियका अनुसार मंगलबार राति मुर्ति चाेरी भएकाे हाे ।

करिब तीन महिनाअघि वडा नं. ७ मा रहेकाे रामजानकी मन्दिर छेउमा बाटाे बनाउने क्रममा साे मुर्ति फेला परेकाेे थियाे ।

फेला परेकाे साे अष्टधातुकाे शिवकाे मुर्ति मन्दिरमा स्थापना गरिएकाे थियाे । मन्दिरमा सहजै छिर्न सक्ने कुनै बाटाे नभएकाले चाेरीकाे घट्ना रहस्यमय बनेकाे छ । प्रहरीले घट्नास्थलकाे प्रारम्भिक अनुसन्धान गर्दा चाेरी हुनसक्ने आधार नदेखिएकाेे जनाएकाे छ ।