गण्डकी प्रदेशमा ११ संक्रमित थपिए, संक्रमितको संख्या १५६६

बिहिवार बिहान गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

सामाजिक बिकास मन्त्रालय पोखराका अनुसार कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र पुर्वी नवलपरासीमा ३ गरी बिहिवार बिहान ११ जना नयाँ संक्रमित थपिएका हुन ।

यो सङ्गै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।