प्रमुख जिल्ला अधिकारी र मेयर सापलाई प्रश्न

गएको बुधबार र शुक्रबार बाँकेको नेपालगन्ज र कोहलपुरमा ‘मास्क खै’ अभियान संचालन गरीयो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, उपमहानगर र नगरपालिकाका मेयर, उपमेयर तथा ब्यवसायीहरुको बाक्लो उपस्थितीमा र्याली सहित अभियान संचलन गरीएको थियो । उक्त अभियानमा सम्भवत जिल्लाकै नेतृत्व तहमा रहेका ब्यक्तिहरुको सहभागीता रहेको थियो । यद्यपी त्यस कार्यक्रमका दौरान कसैले पनि सुरक्षा सतर्कता अपनाएको देखिएन । यहाँ सम्मकी सामाजिक दुरीको समेत वेवास्ता गरिएको थियो । यसै सन्दर्भमा कोहलपुरका शिक्षक तथा लेखक चेत चापागाँईले बाँकेका प्रमुख जिल्ला अधिकारी र कोहलपुरको मेयरलाई सोधेको प्रश्न यहाँ राख्ने जमर्को गरेका छौं ।

प्रमुख जिल्ला अधिकारी र कोहलपुरको मेयर सापलाई सात प्रश्न :

१) यो र्यालीमा सहभागी सबैको PCR परिक्षण गरिएको छ ?

२) यो र्यालीमा सामाजिक दुरी कायम गरिएको छ ?

३) गरिब जनताहरुले भिडभाड गर्दा कोरोना सर्ने तर ठुला-ठुला मान्छेको भिडभाडमा कोरोना नसर्ने, यो कुरा WHO ले कहाँ भनेको छ ?

४) नेपाल बाहेक अरु कुन देशमा सामाजिक दुरी कायम नगरि कोरोना भाईरस सचेतना र्याली निकालिएको छ ?

५) कोरोना भाईरस के हो ? यो कसरी सर्छ ? यो बाट बच्न के के गर्नुपर्छ ? सानो सानो बच्चालाई पनि थाहा भएको अवस्थमा, यो सचेतना र्यालीको कुनै औचित्य छ ?

६) जनतालाई निषेधाज्ञा लगाई घरमा थुनेर तपाईहरुलाई यसरी भिडभाड गरेर नाटक मन्चन गर्न कस्ले छुट दिएको छ ?

७) मानौं भिडमा सहभागी मध्य एकजनालाई कोरोना positive देखियो । के अब contact tracing गरेर सबै सामु पुग्न सकिन्छ ?

महोदय म जवाफको पर्खाईमा छु । धन्यबाद ।