आजदेखी बाँकेमा तिन दिने निषेधाज्ञा जारी, अत्यावश्यक बाहेकका सेवा संचालनमा रोक

कोरोना भाईरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरीएको छ । बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी तिनदिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सोही अनुसार आजबाट मंगलबार रातीसम्मकालागि बाँकेका निशेषधधा जारी गरीएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

बाँकेमा आईतबारदेखी तीन दिने निषेधाज्ञा जारी

लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निषेधाज्ञा लगाउनुपर्ने अवस्था आएको कुरुम्वाङले बताए ।

‘सार्वजनिक गाडी र ब्यवसाय संचालनमा रोक’

आजबाट लागु गरिएको निशेधाज्ञामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा संचालनमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सूचना मंगलबार राती १२ बजेसम्म जिल्लाभर निशेधाज्ञा जारी गरीएको हो ।

त्यस अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला ब्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा मात्र संचालन गर्न पाईने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कुटनितिक सवारी, लामो दुरीका मालबहाक गाडी र सवारी अनुमती ९पास० भएका गाडीहरु मात्र संचालन गर्न दिईने भएको छ ।

‘सार्वजनिक गाडी र ब्यवसाय संचालनमा रोक’

यसअवधिमा बकरईद र रक्षाबन्धन जस्ता चाडपर्व पर्ने भएकाले सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत प्रशासन कार्यालयले आग्रह गरेको छ ।