तर अन्तमा ऊ मानिन….

सके जति खुशी दिन्छु भनें ।
सबै दुःख हरेर लिन्छु भनें ।
पैसाले पाउने सुख किन्छु भनें ।
तर अन्तमा ऊ मानिन ।

मुटु दिए मन दिए तिम्लाई ।
साथ दिए तन दिए तिम्लाई ।
चोखो जोवन दिए तिम्लाई ।
तर अन्तमा ऊ मानिन ।

तिम्रै मायाको भर पर्छु भनें ।
सगै जिउछु सँगसँगै मर्छु भनें ।
खाली सिउँदोमा सिन्दुर भर्छु भनें ।
तर अन्तमा ऊ मानिन ।

मन भित्रको डर भगाएर आउ भनें ।
भित्रको शक्ति जगाएर आउ भनें ।
भए भरको बल लगाएर आउ भनें ।
तर अन्तमा ऊ मानिन ।

अन्त नजर नमौडौ भनें ।
साथ कहिल्यै नछोडौ भनें ।
जोडेको नाता नतोडौ भनें ।
तर अन्तमा ऊ मानिन ।

मन मुटु सबै तिम्रो जाति थियो ।
भरोसा सबै मेरो तिमी माथि थियो ।
जीवनभर खुशी दिनी साथी थियो ।
तर अन्तमा ऊ मानिन ।

हुटिट्याउँ झैं आकाश थाम्छु भनी ।
जुगै जानी माया लाम्छु भनी ।
सारा खुशी लिएर आम्छु भनी ।
तर अन्तमा ऊ मानिन ।

सधै सपनामा मै देख्छु भनी ।
मायाको इतिहास लेख्छु भनी ।
आधी तुफान सबै छेक्छु भनी ।
तर अन्तमा ऊ मानिन ।

तिमी ढुक्क भएर बस पनि भनी ।
हेन्सम हुन किरिम घस पनि भनी ।
साथ दिन कम्मर कस पनि भनी ।
तर अन्तमा ऊ मानिन ।

म तिम्रै हो मायाले बेर पनि भनी ।
जान दिनी होइन समय खेर पनि भनी ।
सिन्दुर हाल्नी साइत हेर पनि भनी ।
तर अन्तमा ऊ मानिन ।

एक अर्काको भर परेकै हो ।
पहाडबाट तराई झरेकै हो ।
सबै तयारी पुरा गरेकै हो ।
तर अन्तमा ऊ मानिन ।

क्या मिठा मिठा बात हुन्थे ।
नबोलेका सायदै रात हुन्थे ।
आकाशका तारा साथ हुन्थे ।
तर अन्तमा ऊ मानिन ।

तिमी थियौ म थिएँ सुन्दर सहर थियो ।
चारैतिर हरियाली खुशीको प्रहर थियो ।
नमेटिने इतिहास लेखाउने रहर थियो ।
तर अन्तमा ऊ मानिन ।

एउटा गतिलो काम हुनेथियो ।
जोडी राम्रो सीता राम हुनेथियो ।
बिहे हाम्रो धुमधाम हुनेथियो ।
तर अन्तमा ऊ मानिन ।

झरेका आशुको मुल्य रहेन ।
तिमी बाहेक अन्त नजर गएन ।
जे गरे नि यो मन शान्त भएन ।
तर अन्तमा ऊ मानिन ।

ती जुनेली रातले सोधे भने म भन्ने छु ।
ती मिठा बातले सोधे भने म भन्ने छु ।
सुम्सुमाएका हातले सोधे भने म भन्ने छु ।
तर अन्तमा ऊ मानिन ।

मैले कहिल्यै तिम्लाई निष्ठुरी ठानिनँ ।
मायाले दिल जिते जबर्जस्ति तानिनँ ।
त्यो निर्दोष भावनासित खेल्न जानिनँ ।
जे गरे नि ‘प्रण’ले अन्तमा ऊ मानिन ।