बाँकेका थप ५ जना डिस्चार्ज

फाइल तस्वीर

बाँकेका थप ५ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ शनिबार ती ५ जना घर जाँदैछन ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट खजुरा ३ का दुई पुरुष, ४ का एक पुरुष र ६ का एक पुरुष र एक महिला गरी ५ जना कोरोना मुक्त भइ घर जान लागेका हुन ।

यो सङ्गै बाँकेमा कोरोना मुक्त भइ घर जानेको संख्या ३ सय ८६ पुगेको छ । अब विभिन्न आइसोलेसनमा ५८ (बाहिरी जिल्लाका ९ जना समेत) जना संक्रमितको उपचार भइ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका हालसम्म ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गइ सकेको छ । त्यसैगरी, जिल्ला बाहिर घर भइ बाँकेमा कार्यरत ९ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यो समेत बाँके जिल्ला भित्र संक्रमित हुनेको संख्या ४ सय ४६ पुगेको छ ।