ब्राउन सुगरसहित एक पक्राउ

बाँके प्रहरीले शुक्रवार नेपालगन्जबाट लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, गौरीपुरुवाबाट सोही ठेगाना भएका २८ बर्षिय छोटु लोनियालाई ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त टोलीले लोनियालाई चार वटा प्लाष्टिकमा पुडिया बनाएर राखेको ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।