प्युठान ऐरावतीका थप एक कोरोना मुक्त

प्युठान ऐरावती गाउँपालिकाका थप एक जना कोरोना संक्रमित निको भएका छन ।

स्वास्थ्य कार्यालयका अनुसार, शुक्रबार प्युठान ऐरावती गाउँपालिकाका थप एक जना कोरोना संक्रमित पुरुष निको भइ घर गएका हुन ।

यो सङ्गै जिल्लामा कोरोना मुक्त भइ घर जानेको संख्या ३ सय ३३ पुगेको छ ।

जिल्लामा हालसम्म ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । जसमध्ये, ३ सय ३३ जना निको भएका छन भने, ४ जना आइसोलेसनमा उपचाररत रहेका छन ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा अब १ सय ६५ जना नागरिक रहेका छन । त्यसैगरी, २ सय ३० जनाको पिसिआर जाँचको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।