‘उजाड जिन्दगी’ (कबिता)

जीवन मेरो उजाड भयो,
संसार नै अध्यारो
दैव पनि कस्तो रैछ,
मलाई एक्लो पार्यो ।।

कोरोनाको कहरले,
रोजीरोटी गुम्दा
पापी पहिरो आइ फेरी,
सबथोक बगाई लग्यो ।।

आमा बाबा छोरी प्यारी,
घरबार सबै बगाई
निष्ठूरी यो दैवले नि,
जिउदै मार्यो मलाई ।।

छोरी मेरी ज्ञानी राम्री,
साथमा जीवन साथी
मलाई पनि लैजा दैव,
सबै सँगै माथि ।।

कसो गरी बाँचू तै भन,
जिउदो लास सरी
लैजा मलाई माग्ने छैन,
केही जीवन भरी ।।

जीवन मेरो उजाड भयो,
संसार नै अध्यारो
दैव पनि निष्ठूरी भो,
मलाई एक्लो पार्यो ।।

म किसानकी छोरी (कविता)