हरि त्रिपाठीका ६ हाइकुहरु

(१)

आरोग्य मन
मधुमाधुरी वन
मन्द पवन ।

(२)

भीषण वर्षा
डुवायो, बाढी, पैरो
चोट गहिरो ।

(३)

गायक कार
स्रष्टा छन्, अपबाद
सङ्गीत नाद ।

(४)

बाघ दिवस
वन्यजन्तुको राजा
वनका साझा ।

(५)

साग महत्व
अति अनेकौँ तत्व
छ, जीवनको ।

(६)

अहो ! नेपाली
हिमाली र पहाडी
हामी तराई ।