जनताको बिचमा जाने नेकपा बैजनाथको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैजनाथ कमिटिले जनतासँग प्रत्यक्ष जोडिने गरी अभियान संचालन गर्ने भएको छ । आम जनताका समस्या बुझ्न पार्टी कमिटि र पार्टिबाट निर्वाचित जनप्रतिनिधिहरु जनताको घरदैलोमा पुग्ने अभियान संचालन गर्न लागिएको हो ।

नेकपा बैजनाथ र नेकपाबाट निर्वाचित स्थानिय जनप्रतिनिधीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको नेकपा बाँके जिल्ला कमिटि समस्य तथा बैजनाथका युवा नेता चक्र मिलन चन्दले जानकारी दिए । स्थानिय स्तरमा देखिएका जनताका समस्यालाई सम्बोधन गर्ने, पार्टी र जनप्रतिनिधि बिच समन्वय गर्दै बिकास निर्माणलाई तिब्रता दिने, पार्टी भित्रका अन्तर बिरोधलाई हल गर्दै अगाडी बढ्ने लगाएतका निर्णयहरु भएको चन्दले बताए ।

नेकपा ५ नं. प्रदेश कमिटी सदस्य तथा क्षेत्र ३ (क) प्रदेश निर्वाचन कमिटी इन्चार्ज नरेन्द्र पाण्डे जेम्सको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले जनताले प्रत्यक्ष महशुस गर्ने खालका गतिविधिहरु संचालन गर्न जननिर्वाचित पदाधिकारीहरुलाई निर्देशन समेत दिएको चन्दले जानकारी दिए ।