आमा (लघुकथा)

ईण्डियाबाट धपाइएका र आफ्नो देशका गाईहरु बाटोमा गाँउमा हुलका हुल भेटिन्छन् । कतिले त दुर्घटना पनि पारेका छन् । कतिले वर्षभरिकै खाने खेती एकै पटकमा स्वाहा पार्दा किसानको मन पनि दुख्ने नै भयो । आज रमेशको खेतमा एक हुल गाई पसेर आधा खेति खाईसकेछन । खेतिमा चर्दै गरेका बेला रमेशले देख्यो । सबै गाईलाई पिट्दै पिट्दै मान नदि कटाएर आयो । तिनै गाईहरुका दुधे बालक छोडिएको थियो । घाँस खान नजानेका ति दुधे बालक आमाको खोजीमा पुकार गर्दै रोइरहेका छन् । कराउँदा कराउँदा घाँटी सुक्यो आँखाबाट आशु झार्दै ओहोर दोहोर गरिरहन्छन् । आँसु झार्दै नजिकै पर्ने गोठमा गाई बाँधेको देखेर तेतै गए । त्यहाँ पनि गोठको मालिकले कहाँ बस्न दियो र ? त्यहाँ पनि बस्न दिएनन् धपाईए ।

क्षणभरमै मुसलधारे पानी पर्यो । ति बाच्छा बाच्छि कराउँदै पुन ओतको लागि त्यही गोठमा गए । आमा सम्झेर होला सानो दुधे बालक गाईसँग टासिन गयो । बिचरा माउ गाई पनि उनिहरुकै पिडा बुझे जस्तो गरी चाटि-चाटि माया गर्यो । आमा त महान हुन्छन । सबै आमाहरु बच्चालाई माया गर्दछन् । मान्छे जस्तै अरु जिव जनावरहरू पनि अपनत्व पन देखाउन सक्छन् । दिन दिनै यो दर्दपुर्ण अवस्था देख्नु पर्दा देख्नेलाई पनि अति पिडा छ । उसले सबैसँग बिन्ती गरि, कसैको बच्चा पनि आमाबाट नछुटाउ ।

 

लक्ष्मी बस्याल 
बर्दिया