जब एसपी राना सडकमा निस्किए… (फोटोफिचर)

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनलाई कारवाही गर्न नेपालगन्जमा आफै सडकमा निस्किएका छन ।

प्रहरी प्रमुख रानासहित ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम सहित नेपाल प्रहरी र ट्राफिक प्रहरीको एउटा टोली मंगलबार नेपालगन्जको बिपि चोक देखि धम्बोझी चोकसम्म अव्यवस्थित रुपमा पार्किङ गरीएका सवारी साधनलाई कारवाही गर्न सडकमा निस्किएको हो ।

प्रहरीले अव्यवस्थित रुपमा सडकमा पार्किङ गरी राखिएका आधा दर्जन बढी सवारी साधनको टायरमा व्हील लकरको सहायताले ‘लक’ गरी कारवाही गरेको छ ।

सडकमा अव्यवस्थित रुपले जथाभावी पार्किङ गरी राखिएका सवारी साधनले दुर्घटनाको जोखिम निम्तिने हुँदा तथा सहरको सौन्दर्यीकरण पनि कुरुप देखिने हुँदा कारावाही गर्नु परेको एसपी रानाले बताए ।

‘सडकमा ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई व्हील लकरको माध्यमबाट ‘लक’ गरी कानून अनुसार कारवाही गर्न आजबाट बाँके जिल्लामा शुरु गरिएको छ, जिल्लामा यो नयाँ प्रयोग हो’ एसपी रानाले भने ।

जिल्ला ट्राफिक प्रमुख पबिन्द्र बमले नगरका विभिन्न स्थानमा उपमहानगरपालिकासङ्गको समन्वयमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको साधनको लागि छुट्टाछुट्टै पार्किङ स्थल तोकिएको तर सवारी चालकले जथाभावी मनलाग्दी रुपले पार्किङ गरिदिंदा समस्या आएको बताए ।

‘जिल्लामा अहिले पहिलो पटक २० वटा व्हील लकर आएको छ, यसैको सहायताले अव्यवस्थित र ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गरीनेछ, कारवाही स्वरुप ट्राफिक नियम अनुसार ५ सय देखि १५ सय रुपैयाँ सम्म जरीवाना गरीनेछ । ट्राफिक प्रमुख बमले भने ।