एड्सका कारण ज्यान गुमाउने ५ सेलिब्रिटी

एचआईभी एड्सका कारण विश्वमा वर्षेनी लाखौं मानिसहरुको मृत्यु हुने गरेको छ । यस रोगले अहिलेसम्म केहि सेलिब्रिटीहरुले समेत ज्यान गुमाइसकेका छन् । यहि खतरनाक मानिने एचआईभी एड्सका कारण संसार छाडेका केहि सेलिब्रिटीहरु निम्न उल्लेखित छन् ।

निशा नूर

८० को दशकमा दक्षिण भारतीय चलचित्र क्षेत्रमा निशा नूर धेरैनै चर्चित थिइन् । त्यस समयमा रजनीकान्त र कमल हसन समेत उनीसँग काम गर्ने इच्छा राख्थे । यौनधन्दामा फसेपछि निशाले चलचित्र खेल्ने छाडेकी थिइन् । बिचल्ली अवस्थामा सडकमा फेला परेकी निशालाई आफन्तले उद्धार गरि अस्पताल पुर्याएका थिए । जहाँ उनलाई एड्स लागेको पुष्टि भएको थियो । यहि कारण उनको २००७ मा मृत्यु भएको थियो ।

पेड्रो पाब्लो जमारा

अमेरिकामा समलैङ्गिकतालाई गैरकानुनी मानिने समयमा नै आफू समलिङ्गी भएको सार्वजनिक गर्ने पेड्रो पाब्लो जमारा एड्सले ग्रसित थिए । पेड्रो र उनका प्रेमी सीन सस्सेर दुवै जना एड्सले पीडित थिए । एड्सकै कारण सन् १९९४ नोबेम्बर ११ मा पेड्रोको मृत्यु भएको थियो ।

जिया सारंगी

एक समयमा जिया सारंगीलाई अमेरिकाको चर्चित मोडलको रुपमा चिनिन्थ्यो । उनी संसारको शीर्ष ब्रान्डका लागि मोडलिङ गर्थिन् । तर २६ वर्षकै उमेरमा जिया एड्सको शिकार भइन् । न्युमोनियाको कारण अस्पतालमा भर्ना हुँदा उनलाई एड्स लागेको खुलेको थियो । केहि समय पछिनै उनको मृत्यु भएको थियो ।

आर्थर ऐसे

यूएस डेविस कपको नेतृत्व गर्ने र यूएस विम्बल्डन जित्ने पहिलो नेग्रो खेलाडी रुपमा चर्चित रहेका अमेरिकाका चर्चित टेनिस खेलाडी आर्थरको पनि एड्सकै कारण सन् १९९३ मा मृत्यु भएको थियो । हार्ट बाइपास सर्जरीका क्रममा लिइएको रगतका कारण उनीमा एचआइभी सरेको थियो ।

रिक्की विल्सन

चर्चित ब्यान्ड ‘बी ५२’ का गितारिस्ट रिक्कीले पनि एड्सकै कारण ज्यान गुमाएका थिए । आफू एड्स संक्रमित भएको उनले सन् १९८३ मा पत्तो पाएका थिए । दुई वर्ष पछि रिक्की विल्सन संसारबाट बिदा भए ।