गायक सुगम पोखरेललाई पितृशोक

गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।

उनका बुवा एकनाथ पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको छ । एकनाथ लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।