९३ वर्षका वृद्धलाई ५ हजार २३० जनाको हत्या आरोप

जर्मनीमा एक अदालतको फैसलाले तहल्का मच्चाएको छ । जर्मनको स्टेट अदालतले ९३ वर्षका एक वृद्धलाई ५ हजार २ सय ३० जनाको हत्याको आरोपमा सजाय सुनाएको छ ।

अदालतले ९३ वर्षका नाजी गार्ड ब्रुनो डेलाई दोषी करार गरेको हो । ब्रुनोले ७५ वर्ष अगाडि स्टेथअफ कन्सन्ट्रेसन क्याम्पमा गार्ड भएको बेला नाजी समुदायका मानिसको सामूहिक हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ ।

ब्रुनो उक्त क्याम्पमा सन् १९४४ अगष्टदेखि १९४५ अप्रिलसम्म गार्ड रहेका थिए । उनका विरुद्ध दोस्रो विश्वयुद्ध सकिएलगत्तै पनि मुद्दा चलेको थियो । तर त्यसबेला ब्रुनो १७ वर्षका मात्रै थिए ।

नाबालिग भएकाले उनलाई जम्मा २ वर्षको मात्रै सजाय भएको थियो । तर उनको सजाय सकिएलगत्तै पीडित परिवारले ब्रुनोका विरुद्ध आन्दोलन सुरु गरेका थिए । नाजी दमन घटनामा संलग्नहरुको मुद्दा जर्मनीमा लामो समयदेखि चलिरहेको छ ।

जसअन्तर्गत ब्रुनोमाथि पुन: मुद्दा चलेको थियो । पीडित पक्षका वकिलले ब्रुनोको तत्कालिन उमेरले उनले गरेको अपराधलाई कम मान्न नमिल्ने बताएका थिए । ब्रुनोलाई हम्बर्ग स्टेट कोर्टमा पेश गरिएको थियो ।

आफ्नो वयानमा ब्रुनोले ग्यास चेम्बरमा बन्द गरिएका मान्छेको चिच्चाहट सुनेको बताएका थिए । पछि शवहरु पनि देखेको र त्यसपछि आफु बेचैन भएको उनको भनाई थियो ।

तत्कालिन समयमा नाजी क्याम्पमा ६० हजारभन्दा बढी यहुदीहरुको हत्या भएको थियो । उक्त क्याम्पमा यहुदीहरुलाई जम्मा गरेर जर्मनको नाजी सेनाले सजाय दिने गरेको थियो । एजेन्सी