बाँके, बर्दिया र सुर्खेतका ४ जनामा कोरोना संक्रमण

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा थप ४ जनालाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३०० जनाको स्वाब परिक्षण गरीएकोमा बाँकेका २ जना तथा बर्दिया र सुर्खेतका १/१ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

नयाँ संक्रमितहरुमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका ६ का २८ वर्षिय पुरुष, बैजनाथ गाँउपालिका १ का ११ वर्षिय बालक, सुर्खेतको गुर्वाकोट ६ का ३० वर्षिय पुरुष र बर्दियाको ठाकुरबाबा ५ की ३० वर्षिय महिला रहेकी छन ।