भारतको श्रावस्ती हुँदै बाँके पस्यो सलह

भारतको श्रावस्ती हुँदै सलहको झुण्ड बाँके प्रवेश गरेको छ । बिहिबार बिहान नेपालगन्जको आकाशमा सलहको झुण्ड देखापरेको हो । भारतका विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा बाँकेको नेपालगन्जमा समेत सलहको झुण्ड देखापरेको हो ।

सुरुमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत पुरैनी क्षेत्रमा देखिएको सलहको झुण्ड यतिबेला सेतु विक चोक, धम्बोझी, कारकाँदो, गणेशपुर, सल्यानीबाग, फुल्टेक्रा, बसपार्क लगायतको क्षेत्रमा फैलिएको छ । बुधबार मात्रै बाँकेको पूर्वी क्षेत्र नरैनापुर गाउँपालिकाको गंगापुर लगायतको क्षेत्रमा देखिएको सलह बुधबार बेलुका बाँकेको डुडुवा गाउँपालिका लगायतको क्षेत्रमा देखिएको थियो । डुडुवा गाउँपालिकाले सलह संकलन गरेमा प्रतिकिलो २० रुपैयाँ दिने घोषणा समेत गरीसकेको छ ।

बाँकेमा सलहको उपस्थिती बढ्दै गएपछि कृषकहरु चिन्तित बनेका छन् ।

बाँके जिल्लामा पनि सलह किराको झुण्ड प्रवेश गरेको हुदाँ सम्पुर्ण कृषकसर्तक रहन हार्दिक अनुरोध छ ।

Som Gurung यांनी वर पोस्ट केले बुधवार, १५ जुलै, २०२०

तस्बिर/भिडियो : शोम गुरुङ