सङ्कटापन्न चीताका उत्कृष्ट तस्बिरहरु

‘रिमेम्बरिङ वाइल्डलाइफ’ नामक पुस्तक शृङ्खलाले आयोजना गरेको एउटा प्रतियोगितामा चीताहरूका १० वटा तस्बिर सर्वोत्कृष्ट ठहरिएका छन् ।

उक्त प्रतियोगितामा २,४०० फोटोग्राफरले केन्या, नामिबिया, टान्जानिया र दक्षिण अफ्रिकामा खिचेका तस्बिरहरू पठाएका थिए ।

ती १० तस्बिर आगामी अक्टोबर महिनामा ‘रिमेम्बरिङ चीटाज’ नामक पुस्तकमा विश्वका अग्रणी वन्यजन्तु फोटोग्राफरले निस्शुल्क उपलब्ध गराएका तस्बिरसँगै प्रकाशित गरिनेछ ।

प्रतियोगितामा सहभागी हुँदा फोटोग्राफरहरूले तिरेको शुल्क नामिबिया र केन्यामा सञ्चालित चीता संरक्षण परियोजनालाई दिइनेछ ।

अहिले संसारमा ७,००० वटाजति चीता बाँकी छन् । त्यसैले रिमेम्बरिङ वाइल्डलाइफले वन्यजन्तुहरूले खेपेको जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ ।

प्रतियोगितमा सर्वोत्कृष्ट ठहरिएका तस्बिरहरू यहाँ प्रस्तुत छ ।: