सरकारको सरोकार, कार्पेट की PCR ? (फोटोफिचर)

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै बाँकेमा विरोध प्रदर्शन भएको छ । सरकारका बिरुद्ध काठमण्डौंमा भईरहेका प्रदर्शनको समर्थनमा बाँकेको नेपालगन्ज र कोहलपुरमा बिरोध प्रदर्शन गरीएको हो ।

कोरोना नियन्त्रणमा सरकार असफल भएको, MCC को पक्षमा उभिएको, अनावश्यक खर्च गरेको भन्दै सरकारबिरुद्ध यतिबेला देशभर विरोध प्रदर्शन भइरहेका छन । सरकारविरुद्ध प्रदर्शन गर्न शुक्रबार स्वस्तफुर्त जम्मा भएका युवाले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् ।

कोहलपुरका युवाहरुले शुक्रबार कोहलपुर नगरपालिकाको गेटमा पुगेर नाराबाजी गरेका थिए । त्यसैगरी नेपालगन्जमा पनि शुक्रबार बिरोध प्रदर्शन गरीएको छ । नेपालगन्जका युवाहरुले जिल्ला प्रसाशन कार्यालय अगाडी धर्ना दिदैं सरकारको खोजि गरिरहेका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी मौन धर्ना दिएका छन् । सयौंको संख्यामा उपस्थित युवाहरुले विरोध जनाएका हुन् ।

उनीहरुले ‘सरकारको सरोकार, कार्पेट कि PCR’, ‘१० अर्ब खोई’, ‘भोकले मर्दा नि राजनिति लासमा थियो, बिचरा उ मुठ्ठीभर चामलको आशमा थियो’, ‘सरकार खोई ?’ ‘सरकार तेरो पाराले, दु:ख पाए साराले’, ‘नेपालको सरकार भ्रष्टाचार नै भ्रष्टाचारस् खै सुरक्षित क्वारेन्टिन र पीसिआर’, ‘सरकार कति चुस्छौ रगत दुब्लाएर मर्नै लागे दश अर्ब मलाई देउ मोटाउछु की’ लगायतका प्लेकार्ड बोकेर सांकेतिक रुपमा सरकारको विरोध गरेका छन ।

आज कोहलपुरमा सचेत युवाका नाममा स-साना भाई बहिनीहरुद्वारा सरकारको काम प्रति असन्तुष्टि जनाउँदै शान्तिपूर्ण पर्दशन गरेका छन्, कलिला भाई बहिनीहरूमा त यति चेत रहेछ भने गलतका बिरुद्ध हामी कहिले एकजुट हुने ११ देश रहे पो तपाई हामी अनि पार्टी रहने होला नि ११ अभियन्ता भाई सरोज सहित सम्पुर्ण भाई बहिनीहरुमा सम्मान सहित उज्वल भविष्यको कामना, परिवर्तन तपाईहरुबाट सम्भव छ ।