घर भाडा तथा बैंक ब्याज मिनाहको माग गर्दै कोहलपुरमा प्रदर्शन

सम्पूर्ण रुपले ब्यापार ब्यवसाय संचालन नहुँदासम्मको बैंक किस्ता, ब्याज, घर भाडा र कर छुटको माग गर्दै कोहलपुरमा प्रदर्शन गरीएको छ । बिहिबार स्थानिय ब्यापारीहरुले र्याली निकाल्दै तत्कालिन अवस्थामा बैंक किस्ता, घर भाडा र बहाल कर तथा ब्यवसाय कर तिर्न नसक्ने भएकाले सबै मिनाह गर्नुपर्ने माग राखेका हुन ।

कोहलपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव विष्णु खनालको नेतृत्वमा स्थानिय न्यूरोड चोकबाट निकालिएको र्यालीले कोहलपुरको मुख्य बजार परिक्रममा गरेको थियो । नगर परिक्रमा गर्ने क्रममा कोहलपुर क्षेत्रका दर्जनबढि विषयगत संघ संगठनका पदाधिकारी तथा ब्यापारीहरुले घर भाडा छुट गर्नुपर्ने, बैंकको ब्याज र किस्ता मिनाहा गर्नुपर्ने, कर दाखिल गर्ने समय बढाउनुपर्ने लगाएतका माग राखेका थिए ।

नगरपरिक्रममा पछि कोहलपुर नगरपालिका पुगेर नगर प्रमुखलाई ज्ञापन पत्र बुझाईएको कोहलपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव खनालले जानकारी दिए ।

ज्ञापन पत्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समिति, होटल ब्यवसायी संघ बाँके, अटो एसोसिएसन बाँके, जुत्ता चप्पल ब्यवसायी संघ, कपडा ब्यवसायी संघ, नेपाल घर बहाल उपभोक्ता मंच बाँके, बाँके सुनचाँदी तथा गरगहना ब्यवसायी संघ, कोहलपुर वितरक संघ, ईलेक्टोनिक्स तथा मोबाईल एसोसियसन बाँके, बिजुली ब्यवसायी संघ बाँके, ब्यवसायीक किसान संजाल बाँके, मध्यपश्चिम सुनचाँदी ब्यवसायी संघ लगाएत संघसंस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन ।