प्रहरीलाई कोरोना देखिएपछि प्रहरी चौकी सिल

बाँकेको नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टी भएको छ । प्रहरीलाई कोरोना संक्रमण देखिएपछि उक्त प्रहरी चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

संक्रमित प्रहरीलाई अहिले नेपालगञ्जस्थित कोरोना अस्पतालमा ल्याउँने तयारी भईरहेको छ । प्रहरी चौकीमा रहेका अन्य प्रहरीलाई भोली पीसीआर परीक्षण गरेर क्वारेन्टिनमा राख्ने बताईएको छ ।