भ्रममा नपर्न क्रिसा बाँकेको आग्रह

आफ्नो कार्यसमिति सदस्यका बारेमा सामाजिक संजालमा भ्रामक प्रचारवाजी भएको भन्दै क्रिसा बाँकेले आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै क्रिसा बाँकेले निम्वल एकेडेमी कोहलपुरका संस्थापक प्रिन्सिपल तथा क्रिसा बाँकेका कार्यसमिति सदस्य रमेश केसीको चरित्र हत्या गर्ने प्रयास भएको जिकिर गरेको हो ।

बन्दाबन्दीका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द रहेको उल्लेख गर्दै सामाजिक संजालमा भएका गलत प्रचारवाजीको भ्रममा नपर्न समेत क्रिसाले सबैलाई आग्रह गरेको छ । साथै केसीको ब्यक्तिगत चरित्र हत्यामा संलग्न ब्यक्तिको पहिचान गरी सत्यतथ्य पत्ता लगाई कारवाही गर्न समेत आग्रह गरिएको छ ।