रुख र नालामा लुकेका थिए ‘कोरोना संक्रमित’

शुक्रबार बेलुका भगाईएका कोरोना संक्रमतिहरुलाई बाँके प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि आईसोलेसनमा ल्याउने क्रममा नरैनापुरका १३ जना कोरोना संक्रमित भागेका थिए । उनिहरुलाई स्थानियले भगाएका थिए ।

संक्रमितलाई लिन नेपालगन्जदेखी नरैनापुर पुगेका एम्बुलेन्सलाई घेराउ गरी स्थानियहरुले संक्रमितलाई भगाउन सफल भएका थिए । स्थानिय क्वारेन्टाईनबाट उनिहरुलाई नेपालगन्ज ल्याउने तयारी गरीएको थियो । तर अकस्मात ठुलो सँख्यामा आएका स्थानियहरुले दुई वटा क्वारेन्टाईनका संक्रमितलाई नेपालगन्ज लैजान नदिने भन्दै भगाएका थिए ।

भागेका १३ जना संक्रमितलाई प्रहरीले रातभर खोजी गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार क्वारेन्टाइनबाट भागेका संक्रमितहरू कोही रूखमा चढेर लुकेको अवस्थामा भेटिए । कोही नालीमा लुकेका थिए । केही नेपाल-भारत सीमा नामा लुकेका थिए ।

बाँकेमा हालसम्म संक्रमितको संख्या १ सय १५ पुगेको छ । नरैनापुरका मात्रै ८६ जनामा संक्रमण फैलिएको छ ।